आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
मेरोन्यूज
२०८२ मंसिर १ गते २०:१२

काठमाडौँ साविक विजेता जनकपुर बोल्ट्सका ओपनर ब्याटर आशिफ शेख काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा अर्धशतक हिर्काउने पहिलो खेलाडी बनेका छन् ।
उनले काठमाडौँ गोर्खाजविरुद्धको पहिलो खेलमा नै अर्धशतक हिर्काएका हुन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय रङ्गशालामा आशिफले ३७ बलमा छ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरे । ४१ बल खेलेका शेख ५४ रनमा शाहब आलमको बलमा क्याच आउट भए ।
टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३० रन बनायो । काठमाडौँ अहिले जवाफी ब्याटिङमा छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।
सम्बन्धित
















राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया