आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
मेरोन्यूज
२०८२ मंसिर १ गते २०:१२

काठमाडौँ साविक विजेता जनकपुर बोल्ट्सका ओपनर ब्याटर आशिफ शेख काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा अर्धशतक हिर्काउने पहिलो खेलाडी बनेका छन् ।
उनले काठमाडौँ गोर्खाजविरुद्धको पहिलो खेलमा नै अर्धशतक हिर्काएका हुन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय रङ्गशालामा आशिफले ३७ बलमा छ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरे । ४१ बल खेलेका शेख ५४ रनमा शाहब आलमको बलमा क्याच आउट भए ।
टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३० रन बनायो । काठमाडौँ अहिले जवाफी ब्याटिङमा छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।
सम्बन्धित











काठमाडौंका यी ठाउँमा आज २ घण्टासम्मम बिजुली आपूर्ति बन्द हुने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया