६ लाख २० हजार नयाँ मतदाता थपिए
मेरोन्यूज
२०८२ मंसिर २ गते १०:५८

काठमाडौँ । निर्वाचन आयोगले ६ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ । आयोगका अनुसार यो तथ्यांक सोमबार राति ९ बजेसम्मको हो ।
तीन लाख ११ हजार ४१४ जना निर्वाचन आयोगको नियमित सर्भरबाट र तीन लाख आठ हजार ५८५ जना राष्ट्रिय परिचयपत्रको आधारमा नयाँ मतदाता थपिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले जेन जेडलाई लक्षित गरी अध्यादेश मार्फत मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो ।
आगामी २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी छ ।
पहिलो चोटि गत कात्तिक ३० गतेसम्म मात्रै नयाँ मतदाताका लागि नाम दर्ताको समय दिइएको थियो । पछि थपेर यही मङ्सिर ५ गतेसम्म नाम दर्ताको समय तोकिएको छ ।
सम्बन्धित









चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो,एक जना घाइते
एमालेको ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
प्रतिक्रिया