जथाभावी औषधि सेवन नगर्न स्वास्थ्यमन्त्री डा गौतमको आग्रह

काठमाडौँ । आजदेखि विश्व प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह नेपालमा पनि मनाइँदैछ । सप्ताह मनाउने क्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आज भिडियो सन्देश दिँदै जथाभावी औषधिको सेवन नगर्न आग्रह गरेकी छन् ।
मन्त्री डा गौतमले चिकित्सकले लेखेको औषधि पूर्ण डोजमा र आवश्यक मात्रामा खानहुन अनुरोध गर्दै अनावश्यक जथाभावी औषधि, एन्टिबायोटिक औषधि र एन्टिमाइक्रोबियल औषधि सेवन नगर्न आग्रह गरिन् । उनले एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधिको जथाभावी प्रयोगले एन्टिबायोटिक रेसिस्टेन्स भन्ने अवस्था सिर्जना हुने उल्लेख गर्दै चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधि सेवन नगर्न आग्रह गरिन् ।
सन्देशमा मन्त्री डा गौतमले उपचारका क्रममा सामान्य औषधिले नछोएर एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधिको प्रयोगले अलि हाम्रो बिमारी नै पनि निको नभएर गम्भीर स्वास्थ्यमा असर पर्ने अवस्थासम्म पुर्याउने गरेको बताइन् ।
“हामीलाई सामान्य औषधिले नछोएर, अलि हाम्रो बिमारी नै पनि निको नभएर गम्भीर स्वास्थ्यमा असर पर्ने अवस्थासम्म हामी पुग्न सक्छौँ । त्यसैले हामीले जँचाएर आवश्यक मात्रामा र आवश्यक औषधि मात्रै प्रयोग गर्नुपर्छ,” मन्त्री डा गौतमले सन्देशमा भनेकी छन् । उनले जथाभावी एन्टिबायोटिक औषधि किनेर खाने गर्नाले, खाद्य सामग्रीमा मिसाएर खानाले र पशुपन्छीको आहारका रुपमा खुवाउँदा पनि एन्टिबायोटिक रेसिस्टेन्स हुन सक्ने बताइन् ।
मन्त्री डा गौतमले अस्पतालमा आइपुग्ने बिरामीमा विभिन्न औषधिले काम नगर्दा–नगर्दा अति नै कडा खालका औषधि दिनुपर्ने हुन्छ र त्यो औषधिले पनि निको नहुने अवस्था सिर्जना हुन सक्ने बताउनुभयो । उहाँले सबैको सहभागितामा मुलुकबाट प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) हुने औषधिका रेसिस्टेन्स कम गर्नलाई सक्रिय भूमिका खेल्न अनुरोध गरेकी छन् ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया