कुशलको अर्धशतक पूरा, बने छैटौँ खेलाडी
मेरोन्यूज
२०८२ मंसिर २ गते १९:५१

काठमाडौँ। काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अर्धशतक हिर्काएका छन् ।
उनले विराटनगर किङ्सविरूद्ध ३ छक्का र ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरे । योसँगै भुर्तेल अर्धशतक हिर्काउने छैटौँ खेलाडीसमेत बनेका छन् । भुर्तेल ३१ बलमा ५९ रनमा आउट भए ।
यसअघि यही पहिलो इनिङमा विराटनगरका लोकेश बम र मार्टिन गुप्टिल अर्धशतक प्रहार गरेका थिए । लोकेश अर्धशतक हिर्काउने पाँचौँ र मार्टिन चौथो खेलाडी बनेका थिए । जारी प्रतियोगितामा तेस्रो अर्धशतक हिर्काउने खेलाडीमा रवी बोपरा छन् ।
चितवन राइनोजका अलराउण्डरसमेत रहेका रवीले आज भएको पहिलो खेलमा कर्णाली याक्सविरूद्ध ३५ बलमा अर्धशतक प्रहार गरेका हुन् ।
यसअगाडि पहिलो खेलको पहिलो इनिङमा कर्णाली याक्सका ओपनर ब्याटर प्रियान्क पन्चालले पनि अर्धशतक हिर्काए । उनी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए । पहिलो अर्धशतक भने जनकपुर
बोल्ट्सका ब्याट्सम्यान आशिफ शेखको नाममा छ ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया