बुधबार घट्याे सेयर बजार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ९८ प्रतिशतले घटेर दुई हजार ५६१ दशमलव शून्य आठको बिन्दुमा कायम भएको हो ।
आज ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर ५० हजार ६२६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ बराबरको कारोबार भएको छ । कारोबारमा होटल तथा पर्यटन, उत्पादन तथा प्रसोधन, सामूहिक लगानी र व्यापार समूहबाहेक सबै समूहको उपसूचक घटेका छन् ।
आजको कारोबारमा माबिलुङ्ग इनर्जी लिमिटेड, दरमखोला हाइड्रोइनर्जी लिमिटेड, सागर डिस्टिलरी लिमिटेड, हिमस्टार उर्जा कम्पनी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड, सान्भी इनर्जी लिमिटेड, झापा इनर्जी लिमिटेड र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा बढी गुमाउनेमा कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर रहेको छ । कारोकार रकमको आधारमा आज वरुण हाइड्रोपावरको सबैभन्दा बढी रु २७ करोड ४० लाख ४४ हजार ४२१ बराबरको करोबार भएको छ ।

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
आज बिहीबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया