बिहीबार, मंसिर ४, २०८२

मधेशका सभामुख मण्डल पदमुक्त

मेरोन्यूज २०८२ मंसिर ३ गते १८:५५

जनकपुरधाम । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् ।

बुधबार बसेको मधेस प्रदेश प्रदेशसभा बैठकमा सभामुख मण्डलविरुद्ध दर्ता भएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाइले पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् ।

अविश्वासको प्रस्तावको पक्षमा ७६ मत परेको छ भने विपक्षमा शून्य मत पर्‍यो । दुई तिहाइ बहुमत सदस्यले प्रस्तावको पक्षमा मतदान गरेसँगै मण्डल पदमुक्त भएका छन् ।

मण्डल एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । ‍

प्रतिक्रिया