नेपाल क्रिकेटलाई रंगीन बनाउँदै जस्मिन पेन्ट्स

काठमाडौँ । जस्मिन पेन्ट्सले नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल क्रिकेट संघ (क्या) सँगको साझेदारीलाई जारी राखेको छ ।
यस साझेदारी मार्फत जस्मिन पेन्ट्सले नेपालका महत्वपूर्ण क्रिकेट मैदानका लागि उच्च गुणस्तरका पेन्ट र कोटिङ उपलब्ध गराई क्रिकेटको विकासमा साथ दिँदै आएको छ ।
यस प्रतिबद्धता अनुरुप जस्मिन पेन्ट्सले देशका दुई प्रमुख क्रिकेट मैदान, टीयू क्रिकेट ग्राउण्ड र मुलपानी क्रिकेट ग्राउण्ड सुधार गर्न प्रिमियम क्वालिटीका पेन्ट तथा कोटिङ प्रदान गरेको छ । यी दुवै मैदानहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि महत्वपूर्ण स्थल भएकाले खेलाडी र दर्शकका लागि अझ सफा, उज्यालो र आकर्षक वातावरणको निर्माणमा सहयोग गर्न पाउँदा जस्मिन पेन्ट्स गर्व गर्दछ। यी मैदानहरूमा नयाँ रङ भरेर जस्मिन पेन्ट्सले नेपालीको क्रिकेटप्रतिको उर्जा, उत्साह र जोशमा थप चमक ल्याएको छ ।
यो साझेदारी केवल स्पोन्सरशिप होइन । जस्मिन पेन्ट्सले यसलाई राष्ट्रप्रतिको योगदान र मानिसहरूलाई एकताबद्ध बनाउने खेललाई सघाउने एक माध्यमका रूपमा लिएको छ। राम्रो पूर्वाधारले खेललाई अझै उचाइमा लैजान मद्दत गर्ने तथा उदयीमान खेलाडीले सिक्ने र प्रतिस्पर्धा गर्ने मैदानको सुधारमा भूमिका खेल्न पाउनु गर्वको विषय हो भन्नेमा जस्मिन पेन्ट्स विश्वस्त छ ।
३० वर्षभन्दा बढीको भरोसा र अनुभवसहितको जस्मिन पेन्ट्स नेपाली क्रिकेटको विकासमा निरन्तर साथ दिन प्रतिबद्ध छ । नयाँ सिजन सुरु हुँदै गर्दा जस्मिन पेन्ट्सले नेपाली क्रिकेटलाई अझ रंगीन बनाउने र यसको यात्रामा थप उत्साह र रौनक बढाउने महत्वपूर्ण साझेदारका रूपमा आफ्नो सहयोग निरन्तर जारी राख्ने अपेक्षा राखेको छ ।














बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने
घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
प्रतिक्रिया