नेपाल क्रिकेटलाई रंगीन बनाउँदै जस्मिन पेन्ट्स

काठमाडौँ । जस्मिन पेन्ट्सले नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल क्रिकेट संघ (क्या) सँगको साझेदारीलाई जारी राखेको छ ।
यस साझेदारी मार्फत जस्मिन पेन्ट्सले नेपालका महत्वपूर्ण क्रिकेट मैदानका लागि उच्च गुणस्तरका पेन्ट र कोटिङ उपलब्ध गराई क्रिकेटको विकासमा साथ दिँदै आएको छ ।
यस प्रतिबद्धता अनुरुप जस्मिन पेन्ट्सले देशका दुई प्रमुख क्रिकेट मैदान, टीयू क्रिकेट ग्राउण्ड र मुलपानी क्रिकेट ग्राउण्ड सुधार गर्न प्रिमियम क्वालिटीका पेन्ट तथा कोटिङ प्रदान गरेको छ । यी दुवै मैदानहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि महत्वपूर्ण स्थल भएकाले खेलाडी र दर्शकका लागि अझ सफा, उज्यालो र आकर्षक वातावरणको निर्माणमा सहयोग गर्न पाउँदा जस्मिन पेन्ट्स गर्व गर्दछ। यी मैदानहरूमा नयाँ रङ भरेर जस्मिन पेन्ट्सले नेपालीको क्रिकेटप्रतिको उर्जा, उत्साह र जोशमा थप चमक ल्याएको छ ।
यो साझेदारी केवल स्पोन्सरशिप होइन । जस्मिन पेन्ट्सले यसलाई राष्ट्रप्रतिको योगदान र मानिसहरूलाई एकताबद्ध बनाउने खेललाई सघाउने एक माध्यमका रूपमा लिएको छ। राम्रो पूर्वाधारले खेललाई अझै उचाइमा लैजान मद्दत गर्ने तथा उदयीमान खेलाडीले सिक्ने र प्रतिस्पर्धा गर्ने मैदानको सुधारमा भूमिका खेल्न पाउनु गर्वको विषय हो भन्नेमा जस्मिन पेन्ट्स विश्वस्त छ ।
३० वर्षभन्दा बढीको भरोसा र अनुभवसहितको जस्मिन पेन्ट्स नेपाली क्रिकेटको विकासमा निरन्तर साथ दिन प्रतिबद्ध छ । नयाँ सिजन सुरु हुँदै गर्दा जस्मिन पेन्ट्सले नेपाली क्रिकेटलाई अझ रंगीन बनाउने र यसको यात्रामा थप उत्साह र रौनक बढाउने महत्वपूर्ण साझेदारका रूपमा आफ्नो सहयोग निरन्तर जारी राख्ने अपेक्षा राखेको छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया