दोस्रो संस्करणको एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै
मेरोन्यूज
२०८२ मंसिर ५ गते ७:३४

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा खेल हुँदैछ। शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
पोखरा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने छ भने सुदूरपश्चिम राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा हुनेछ।
नेपाली क्रिकेटमा कुशल राम्रो ब्याट्सम्यानको रुपमा चिनिन्छन्। अघिल्लो खेलमा कुशलले हिर्काएको सिक्सले स्टार स्पोटर्सको कमेन्टेटर बक्सको सिसासमेत फुटेको छ।एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।
सम्बन्धित
















वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव
नेप्सेमा दोहोरो अंकको गिरावट
President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया