बिहीबार, वैशाख १७, २०८३

कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते

मेरोन्यूज २०८२ मंसिर ५ गते ९:१४

ब्राजिलको बेलेममा जारी संयुक्त राष्ट्र संघ कोप ३० जलवायु शिखर सम्मेलनको मुख्य स्थलमा आगलागी हुँदा १३ जना घाइते भएका छन् ।घटनाको समयमा १९० भन्दा बढी देशका ५० हजारभन्दा बढी कूटनीतिज्ञ, पत्रकार र कार्यकर्ताहरू मण्डपमा भेला भएका थिए।

Advertisement
NiccNicc

आगलागीले हजारौं मानिसहरूमा त्रास फैलाएको थियो । घटनास्थलबाट प्राप्त भिडियो र तस्वीरहरूमा मानिसहरू आफ्नो ज्यान जोगाउन भागिरहेको देखिएको छ। यसैबीच, मण्डपबाट आगो र कालो धुवाँको मुस्लो निस्किरहेको देखिएको थियो। धेरै किलोमिटर टाढाबाट धुवाँ देख्न सकिन्थ्यो।

दर्जनौं एम्बुलेन्स र दमकल घटनास्थलमा पुगेका थिए । लगभग छ मिनेटमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण भने अझै खुलेको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया