कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
मेरोन्यूज
२०८२ मंसिर ५ गते ९:१४

ब्राजिलको बेलेममा जारी संयुक्त राष्ट्र संघ कोप ३० जलवायु शिखर सम्मेलनको मुख्य स्थलमा आगलागी हुँदा १३ जना घाइते भएका छन् ।घटनाको समयमा १९० भन्दा बढी देशका ५० हजारभन्दा बढी कूटनीतिज्ञ, पत्रकार र कार्यकर्ताहरू मण्डपमा भेला भएका थिए।
आगलागीले हजारौं मानिसहरूमा त्रास फैलाएको थियो । घटनास्थलबाट प्राप्त भिडियो र तस्वीरहरूमा मानिसहरू आफ्नो ज्यान जोगाउन भागिरहेको देखिएको छ। यसैबीच, मण्डपबाट आगो र कालो धुवाँको मुस्लो निस्किरहेको देखिएको थियो। धेरै किलोमिटर टाढाबाट धुवाँ देख्न सकिन्थ्यो।
दर्जनौं एम्बुलेन्स र दमकल घटनास्थलमा पुगेका थिए । लगभग छ मिनेटमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण भने अझै खुलेको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।
सम्बन्धित









ताेकिएकाे मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान
कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको निधन
झापा कारागारका एक कैदीको मृत्यु
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ आज काराेबार ?
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया