देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
मेरोन्यूज
२०८२ मंसिर ८ गते १४:३८

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस नयाँ सभापतिको हस्ताक्षर लिएर चुनावमा जाने बताएका छन् ।
सोमबार सामाजिकसंजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले काँग्रेसले विशेष महाधिवेशनबाट नयाँ सभापति चयन गरेर नयाँ सभापतिको हस्ताक्षरमा चुनाव लड्ने दाबी गरे । उनले भनेका छन्, ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो? मैले भने- होइन।’
उनले अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने दाबी गरे।‘मैले भने प्रष्ट छ- अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।’
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया