लागूऔषधसहित दुईजना पक्राउ
मेरोन्यूज
२०८२ मंसिर ८ गते १७:३९

काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–२६ केशरमहल चोकबाट अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा घर भई हाल काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय प्रकाश श्रेष्ठ तथा दोलखा घर भई काठमाडौँ बुढानिलकण्ठ बस्ने २८ वर्षीय देबेन्द्र लामा रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लले जानकारी दिए ।
उनले भने, “प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बा.३६ प ७८८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।”
पक्राउ परेकाहरुको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २० एम्पुल बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया