तोडफोड आगजनी भएका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान

काठमाडौं । राष्ट्रिय सूचना आयोगले विपत्तिमा परेका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान गरेको छ ।
आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सबै सार्वजनिक निकायलाई आफ्ना सबै सूचना पुनःप्राप्त गरी अद्यावधिक गर्ने, नष्ट भएका र सुरक्षित रहेका कागजातको विवरण तयार गरी अभिलेख राख्न आग्रह गर्दै त्यसको जानकारी राष्ट्रिय सूचना आयोगमा पठाउन आह्वान गरेको हो ।
‘आगजनी तोडफोडको विपत्ति भोगेका राजनीतिक दल, निजी क्षेत्र र राज्यका सबै सार्वजनिक निकायलाई आफ्ना सबै सूचना पुनःप्राप्त गरी अद्यावधिक गर्ने, नष्ट भएका र सुरक्षित रहेका कागजातको अलग अलग विवरण तयार गरी अभिलेख राख्न र सो विवरणको जानकारी राष्ट्रिय सूचना आयोगमा पठाउन सम्बन्धिन सबै सार्वजनिक निकायलाई राष्ट्रिय सूचना आयोगले आह्वान गरेको छ ।’, आयोगको विज्ञप्तिमा भनिएको छ ।
साथै जेन जी आन्दोलनका क्रममा सार्वजनिक निकायका भवनमा भएको आगजनी तथा तोडफोडको अवस्थाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया