बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नौ दशमलव ६१ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३६ प्रतिशतले बढेर दुई हजार ६६५ दशमलव ६० अंकमा पुगेको हो ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६४ अङ्कले बढेर ४५९ दशमलव १७ अङ्कमा पुगेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । कूल ३२२ कम्पनीका एक करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर रु छ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ मा खरिद बिक्री भएको छ । मङ्गलबार कूल रु पाँच अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ मा शेयर खरिद बिक्री भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएकामध्ये वित्त, लगानी, जीवन बिमा, सामूहिक लगानी कोष र निर्जिवन बिमा समूहका उपसूचक घटेका छन् । त्यसबाहेकका अरु उपसूचक भने बढेका छन् । जसमा सबैभन्दा बढी होटल तथा पर्यटनको उपसूचक शून्य दशमलव ९९ प्रतिशतले बढेको छ ।
आज एनआरएन इन्फ्रास्टक्चरको शेयर रु ६२ करोड ४३ लाख ४३ हजार २१५ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । झापा इनर्जी लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
साथै सागर डिस्टिलरी लिमिटेड, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक इन्ड्रष्ट्री लिमिटेड, रिभरफल्स पावर लिमिटेड र माहूली लघुवित्तका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढिले कमाएका छन् । आजको कारोबारमा बोटलर्स नेपाल (बालाजु)का लगानीकर्ताले शेयर मूल्यमा तीन दशमलव ९४ प्रतिशतले गुमाएका छन् ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया