लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १४४ रनको लक्ष्य

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९ दशमलव चार ओभरमा १४३ रन बनाउँदै अलआउट भयो ।
आजको खेलमा कप्तान रोहित पौडेलले सर्वाधिक ३५ र दिलिप नाथले ३१ रनको योगदान गरे । बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहराले ती, हर्मित सिंहले तीन र हेमन्त धामीले दुई विकेट झारे ।
पौडेलको कप्तानीमा रहेको लुम्बिनी अपराजित सुदूरपश्चिममाथि जित निकाल्ने लक्ष्यमा छ । तीन खेलमा एक खेल मात्रै जितेको लुम्बिनी छैटौँ स्थानमा छ । आजको खेल जित्दै लुम्बिनी प्लेअफको सम्भावना जीवित राख्न चाहन्छ भने सुदूरपश्चिमको अपराजित यात्रामा पनि रोक लगाउने योजनामा छ ।
आजको खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको हो । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार चौथो जित निकालेर प्लेअफनजिक पुग्ने योजनामा छ । यसअघिका तीनवटै खेल जितेर अपराजित रहेको सुदूरपश्चिम छ अङ्कका साथ शीर्ष स्थानमा छ ।
आजका लागि दुई खेल निर्धारण गरिएको छ । पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच भइरहेको छ भने आज अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।











इरानमा सरकारविरोधी प्रदर्शन चर्किँदै, ज्यान गुमाउनेकाे संख्या ५ सय नाघ्याे
गगन थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ?
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया