एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा : डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफर

काठमाडौं । एमएडब्लू वृद्धिले आधिकारिक रूपमा प्रि–न्यू इयर ब्याश नामक इयर-इण्ड अभियान सुरु गरेको छ । जसअन्तर्गत डोंगफेङ नामी र सेरेस भेहिकलमा यस सिजनकै सबैभन्दा आकर्षक ईभी अफरहरू उपलब्ध हुनेछन्।
नयाँ वर्षअघि आफ्नो परिवार वा व्यक्तिगत प्रयोगका लागि प्रिमियम इलेक्ट्रिक गाडी किन्न चाहनेहरूका लागि यो लिमिटेड-टाइम अफर उत्कृष्ट अवसर बनेको छ।
डोंगफेङ नामीको एक्सक्लुसिभ अफरअन्तर्गत, ग्राहकहरूले अब नामी भिगो र नामी ०१ लाई नाडा मूल्यमा किन्न सक्नेछन्। साथै, प्रत्येक ग्राहकले निःशुल्क ७केडब्लु होम चार्जर, ३.५केडब्लु पोर्टेबल चार्जर, र निस्शुल्क अटो प्लस इन्स्योरेन्स प्राप्त गर्नेछन्। नामी ग्राहकहरू विशेष लक्की ड्रमा पनि सहभागी हुन पाउनेछन्, जहाँ तीनजना विजेताले थाइल्यान्ड भ्रमण र एक भाग्यशाली ग्राहकले आईफोन १७ प्रो म्याक्स जित्ने मौका पाउनेछन्।
यस अभियानमा सेरेसका ग्राहकहरूका लागि ६ लाख रुपैयाँसम्मको लाभ उपलब्ध छ, जसमा आकर्षक क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्युरेन्स, निस्शुल्क एक्सेसरिज, उच्च मूल्यांकन सहितको एक्सचेञ्ज अफर र एक्सचेञ्ज बोनस समावेश छन्। यसले सेरेसलाई यो सिजनका सबैभन्दा फाइदाजनक ईभी विकल्पहरूमध्ये एक बनाएको छ।
प्रि–न्यू इयर ब्याशका सबै अफरहरू काठमाडौं उपत्यकाभित्र र बाहिर रहेका सबै डोंगफेङ नामी र सेरेस शोरूमहरूमा उपलब्ध छन्।














कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
मौसम पूर्वानुमान : तराई तुँवालो,कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी स्थानमा हल्का वर्षा/हिमपात
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया