रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ

रसुवा । रसुवागढीस्थित भन्सार कार्यालयसँगैको सुख्खाबन्दरगाहको सफा गर्ने काम सुरु भएको छ। गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बन्दरगाह परिसरमा थुपारेको ढुंगा, बालुवा, फलामका रड, काठपातलगायतका वस्तु हटाउने काम सुरु भएको हो। नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेँसँगै सुख्खाबन्दरगाह सफा गर्ने काम सुरु भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।
सफाइ गर्ने जिम्मेवारी पाएको ‘नेपाल इन्टरमोडल टान्सपोर्ट’का प्रबन्ध निदेशक आशीष गजुरेलका अनुसार पहिलो चरणमा ७५ वटा मालवाहक कन्टेनर पार्किङका लागि सफा गर्ने काम सुरु भइसकेको र लगत्तै दास्रो चरणमा थप ७५ वटा मालवाहक कन्टेर पार्किङका लागि पनि ठाउँ बनाइने गरी प्रक्रिया अघि बढेको छ।
रसुवागढी नाकास्थित मितेरी पुल बगेपछि लामो समयदेखि ठप्प भएको सामान ढुवानीको कामको चापलाई दष्टिगत गरी चरणबद्ध रूपमा कुल १५० वटा कन्टेनर पार्किङ गर्नसक्ने गरी सुख्खाबन्दरगाह सफा गर्न लागेको प्रबन्ध निर्देशक गजुरेलले स्पष्ट गरे।
बाढीले रसुवागढी भन्सारको सुख्खाबन्दरगाहमा ६० प्रतिशत नोक्सान पुर्याएको जानकारी दिँदै प्रवन्ध निर्देशक गजुरेलले यही हिउँदभित्रै सफाइको सक्ने बताए। सुख्खाबन्दरगाहको सफाइ प्रक्रिया अघि बढेको बताउँदै रसुवागढीका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भटृराइले बिग्रिएको सडक मर्मतसम्भारका लागि सडक सुधार आयोजनालाई अनुरोध गरिसकिएको जानकारी दिए।
बाढीपहिरोबाट क्षतिग्रस्त स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार कार्य सामान्य रूपमा मात्र भएका २० टन सामान बोक्ने मालवाहक कन्टेनर डिब्बा चल्ने बातावरण तयार गरिदिन ढुवानी व्यवसायीले माग गरेका छन्।
यसै गरी ढुवानी व्यवसायी एवम् स्थानीयले सो सडकमार्गस्थित ठाडोखोलाले घट्टेखोला पुलको जग खोतलेर जीर्ण अवस्थामा पुर्याएकाले मालवाहक कन्टेनर चलाउन जोखिम रहेको भन्दै तत्काल बिग्रिएको सडक तथा पुलको यथासक्य छिटो मर्मतसम्भार गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेका छन्।

















रसुवाका मतदान केन्द्रमा सिसी क्यामरा जडान
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सुनचाँदीको मूल्य बढ्यो
HoR Election countdown: 359 polling stations labeled ‘Highly Sensitive’ in Karnali
अंग परिवर्तनपछिको जटिलतालाई सम्बोधन गर्न छुट्टै नीतिको माग
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया