सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
मेरोन्यूज
२०८२ मंसिर ११ गते १८:५२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन सुरक्षालाई सुदृढ बनाउन सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले सेना परिचालनका लागि अनुमोदन गरेको उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को २०८२ साल मङ्सिर ८ गतेको निर्णयका आधारमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षा व्यवस्था गर्न सेना परिचालन गरिने विज्ञप्तिमा स्पष्ट गरिएको छ ।
सम्बन्धित













पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका
President Paudel pays tributes to nation builder Prithvi Narayan Shah
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया