एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु–१९ प्रिमियर कपमा नेपालले हङकङलाई ११९ रनले पराजित गरेको छ। जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो।
जितका लागि २७१ रनको चुनौती पछ्याएको हङकङ ४०.५ ओभरमा १५१ रनमा समेटियो। उसका कप्तान शिभ मथुरले सर्वाधिक ३० रन बनाए। बलिङमा नेपालीका अप्रजित पौडेलले ४, कप्तान अशोक धामीले ३ विकेट लिए।
यसअघि अजमान मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन बनायो। कप्तान अशोक धामीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७३ रनको योगदान गरे। यस्तै दर्श सोनारले अविजित ४५, दिलसाद अलिले ३६ रन जोडे। हङकङका अभिमन्यु गणेशन र डेनियल नक्साले २/२ विकेट हात पारे। आजको खेलमा नेपालका कप्तान धामी प्लेयर अफ द म्याचसमेत चुनिए।
नेपालले यसअघि पहिलो खेलमा साउदी अरेबियालाई ८ विकेटले पराजित गर्यो। १४ टोलीबीच चार समूहमा जारी प्रतियोगिताका प्रत्येक समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन्। जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन्।
















विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया