बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना, स्वास्थ्य चिन्ताजनक

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था अस्पताल भर्ना भएयता लगातार बिग्रिएको छ । उनका परिवार र पार्टीका सदस्यहरूले नागरिकहरूलाई उनको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्न अनुरोध गरेका छन् ।
८० वर्षीया जिया फोक्सो सङ्क्रमणका लक्षण देखिएपछि अस्पताल भर्ना भइन । बङ्गलादेश राष्ट्रिय पार्टीका नेता मिर्जा फख्रुल आलमगिरले भने,“डाक्टरहरूले हामीलाई उहाँको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको जानकारी दिनुभएको छ ।”
केही वरिष्ठ नेता र समर्थकहरूले अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । समाचार अनुसार, जियालाई मिर्गौला सम्बन्धी समस्या, मधुमेह, फोक्सो समस्या र आँखासम्बन्धी रोग छन् ।
उनकी जेठी छोरी तारिक रहमानले भनिन्,“हामी सबैको प्रार्थना र माया प्रति हार्दिक धन्यवाद व्यक्त गर्छौं ।”
खालिदा जिया तीनपटक प्रधानमन्त्री रहिसकेकी छन् । सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा जेल चलान गरिएकी जियालाई विदेशमा उपचार गर्न पनि अनुमति थिएन । उनि गत वर्ष रिहा भएकी थिइन् ।
















अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया