बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना, स्वास्थ्य चिन्ताजनक

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था अस्पताल भर्ना भएयता लगातार बिग्रिएको छ । उनका परिवार र पार्टीका सदस्यहरूले नागरिकहरूलाई उनको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्न अनुरोध गरेका छन् ।
८० वर्षीया जिया फोक्सो सङ्क्रमणका लक्षण देखिएपछि अस्पताल भर्ना भइन । बङ्गलादेश राष्ट्रिय पार्टीका नेता मिर्जा फख्रुल आलमगिरले भने,“डाक्टरहरूले हामीलाई उहाँको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको जानकारी दिनुभएको छ ।”
केही वरिष्ठ नेता र समर्थकहरूले अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । समाचार अनुसार, जियालाई मिर्गौला सम्बन्धी समस्या, मधुमेह, फोक्सो समस्या र आँखासम्बन्धी रोग छन् ।
उनकी जेठी छोरी तारिक रहमानले भनिन्,“हामी सबैको प्रार्थना र माया प्रति हार्दिक धन्यवाद व्यक्त गर्छौं ।”
खालिदा जिया तीनपटक प्रधानमन्त्री रहिसकेकी छन् । सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा जेल चलान गरिएकी जियालाई विदेशमा उपचार गर्न पनि अनुमति थिएन । उनि गत वर्ष रिहा भएकी थिइन् ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया