मदन भण्डारी राजमार्गअन्तर्गत बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०८२ मंसिर १४ गते ८:२८

सिन्धुली। मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रीवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सवेदीका अनुसार पोखराबाट कटारीतर्फ गइरहेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षका दिपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार भएका बसका चालक उदयपुरको कटारी नगरपालिका–३ का श्यामकुमार भट्टराईको खोजी जारी छ ।
सम्बन्धित
















नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया