श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त

मङ्सिरः नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौँ जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो ।
द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारले श्रीलङ्कासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको छ । नेपाल सरकारले दिवङ्गतको परिवारजनप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र र पूर्णस्वास्थ्यलाभको कामना गरेको छ ।
एक्यबद्धताको संकेतस्वरूप, नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकन डलर दुई लाख सहायता प्रदान गर्ने निर्णय गरेको छ । यस दुःखद् घटनाबाट पुनःउठ्ने क्रममा श्रीलङ्का जनताको अदम्य साहस, शक्ति र धैर्यतामा नेपाल सरकार तथा नेपाली जनता दृढ विश्वस्त रहेको विज्ञप्तीमा उल्लेख छ । —









श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आज साेमबार, कुन विदेशी मुद्राको विनिमयदर कति ?
विच्छाको सांसद पद खारेज गर्न मधेश प्रदेश सभामा राप्रपाको पत्र
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
हङकङ आगलागी : मृत्यु हुनेको संख्या ९४ पुग्यो
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
प्रतिक्रिया