कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी

काठमाडौं । पटक पटक सर्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।
कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे बहस र विवाद पेचिलो बन्दै जाँदा बैठक पटक–पटक सर्दै आएको छ ।
पछिल्ला छलफलमा पुस अन्तिम सतामा १५ औं महाधिवेशन गर्ने कार्यतालिकामा प्रारम्भिक सहमति जुटेको नेताहरुले बताएका छन् । आजको बैठकमा कार्यवाहक सभापति खड्काले २६–२९ पुसमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने बताइएको छ ।
केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा आइतबार कार्यबाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग सामूहिक छलफल गरेका थिए । छलफलमा खड्काले पुस अन्तिम साता महाधिवेशन गर्नेगरी प्रस्ताव ल्याउने बताएका थिए ।
गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिर्णित बन्दा लम्बिएको छ ।









बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
बुटवलको हायात प्लेस सञ्चालनमा
एड्सको अन्त्य गर्न सबैलाई एकजुट हुन स्वास्थ्यमन्त्री गौतमको आह्वान
मेयर बालेनका बुवाकाे निधन
काँकरभिट्टा नाकाबाट आठ अर्बको निर्यात हुँदा १६ अर्बको आयात
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
प्रतिक्रिया