समुदायको सहभागितामा एड्सको अन्त्य

काठमाडौँ । सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य लिएको छ ।
समुदायस्तरमा नै सङ्क्रमितहरु बढी अपेहेलित पर्ने भएकोले समुदायलाई एड्स अन्त्य गर्ने अभियानमा सहभागि गराउने भएको छ ।
नेपाल सहित विश्वभर नै विश्व एड्स दिवस मनाइएको छ । यसबर्ष ‘अवरोधहरु पार गरौ, एड्स प्रतिकार्य रुपान्तरण गरौ’ भन्ने नाराका साथ मनाइएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. डा. सर्वेश शर्माले समुदायको नेतृत्वमा एड्स अन्त्य गर्न सकिने बताए ।
नेपालमा सन २०३० सम्ममा एड्सलाई अन्त्य गर्नका लागि राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ अघि सारिएको छ । रणनीति अनुसार नेपालबाट एड्स अन्त्य गर्नका लागि ९५/९५/९५ अभियान संचालन गरेको छ ।
९५ प्रतिशतले एचआइभी संक्रमितले आफ्नो सङ्क्रमण थाहा पाउने, ९५ प्रतिशत औषधीको उपचारमा पहुँच र औषधी खानेहरुमध्ये ९५ प्रतिशतको शरिरमा भाइरसको भार (भाइरल लोड) न्यून मात्रामा रगतमा राख्न सक्यो भने उन्मूलन गर्न सकिने उनको भनाई रहेको छ ।
उनले ९५/९५/९५ अभियानको ९२ प्रतिशत सफलता प्राप्त गरिसकेको बताए । तिमध्ये ८८ प्रतिशतले एचआइभी संक्रमितले आफ्नो सङ्क्रमण थाहा पाएका, ८७ प्रतिशत औषधीको उपचारमा पहुँच र औषधी खानेहरुमध्ये ७१ प्रतिशतको शरिरमा भाइरसको भार लोड न्यून मात्रामारहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले एचआइभी सङ्क्रमितमाथि अझै पनि समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताए । “अझ पनि समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकिएको छैन,” उनले भने, “सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तनका लागि हामीले समाजको नेतृत्वलाई नै अगाडि सार्ने अभियानमा रहेका छौ ।”
नेपालमा सन् २०१० को तुलनामा एचआइभीको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा कमि आएको छ ।
केन्द्रका निर्देशक डा. शर्माका अनुसार २०१० को तुलनामा अहिले ७६ प्रतिशत मृत्युदर घटेको पाइएको हो । सन् २०२४ मा ५६९ सय जनाको एड्सको कारणले मुत्यु भएको थियो । सन् २०१० मा दुई हजार ४ सय जनाको मृत्यु भएको थियो ।
अहिले दैनिक १.७ जना नयाँ सङ्क्रमित फेला पर्ने गरेका छन भने एक जना सङ्क्रमितको निधन हुने गरेको छ ।
नेपालमा सन् २०२४ मा ६१४ जना व्यक्तिमा एचआइभीको नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । जुन २०१० को तुलनामा ७६ प्रतिशतले कम हो । सन् २०२४ मा ३७ जना बालबालिकाहरुमा (जन्मेदेखि १४ बर्ष) उमेरमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ । सन् २०१० मा २६० जना बालबालिकामा संक्रमण भएको थियो । २०१० को तुलनामा नयाँ बालबालिकामा हुने संक्रमण पनि ८६ प्रतिशतले घटेको पाइएको छ ।
सन् २०२४ को अन्त्यसम्म नेपालमा कुल ३४ हजार ३३७ जना संक्रमितमध्ये २६ हजार तीन सय ७२ जनाले एन्टिरेट्रोभाइरस (एआरभी) उपचार लिइसकेका छन् । यी संख्या भनेको कुल एचआइभी संक्रमितमध्ये ७७ प्रतिशतले एआरभी उपचार लिइरहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले सरकारले नेपालमा एचआइभी संक्रमण निमूल पार्नका लागि राष्ट्रिय रणनीतिक योजना २०२१– २०२६ ले कार्यन्वयन गरेको छ ।
उक्त योजनाको लक्ष्ण सन् २०३० सम्म नयाँ एचआइभी संक्रमण ९० प्रतिशतले काम गर्ने रहेको छ ।
उपचार गरी भाइरल लोड ठिक भएका सङ्क्रमितको समाजमा घुलमिल भई जिविकोपार्जन सम्बन्धि कार्यक्रम ल्याउन आवश्यक रहेको छ ।
उच्च जोखिममा बैदेशिक रोजगारीमा
नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्धारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि विदेशीने रहेका छन् ।
तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमण दर अरु जोखिम समूहभन्दा उच्च रहेको छ । सन् २०२४ को सम्पन्न राष्ट्रिय सर्वेक्षण अनुसार भारतमा काम गर्ने जाने नेपाली कामदारमा एचआइभी संक्रमण ०.२ प्रतिशत रहेको पाइएको छ ।
यस्तै सन् २०१७÷१८ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीमा दुई दशमलव दुई प्रतिशत र पुरुष समलिङ्गीमा छ दशमलव दुई प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ । कोशी, लुम्बिनी तथा सूदूरपश्चिमका जिल्लामा गरिएको सर्वेक्षणले भारतमा काम गर्ने नेपालीमा एचआइभी सङ्क्रमण एक प्रतिशतभन्दा कम रहेको पाइएको छ ।
अहिले ६४ जिल्लाका ९६ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लाहरूमा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम (पिएमटीसीटी) गर्न समुदायमा आधारित पिएमटीसीटी कार्यक्रम संचालनमा छजस अन्र्तगत प्रसुती केन्द्रहरूमा गर्भवती महिलाहरूमा एचआईभी निःशुल्क जाँच सुविधा छ ।
देशका ७७ वटै जिल्लाहरूमा अवस्थित स्वास्थ्य संस्थाहरूबाट एचआईभी परामर्श तथा परीक्षण केन्द्र रहेका छन् ।
सङ्क्रमण रोक्ने चुनौती
नयाँ एचआइभी सङ्क्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समूहलाई प्राथमिकतामा राखी समयमा नै गुणस्तर सेवाको पहुँच पु¥याउनुपर्ने, प्रदेश एवं स्थानीयस्तरमा प्रयोगशालासम्बन्धी सेवाको क्षमता अभिवृद्धि गर्नुपर्ने, मानव संशासन, बजेट, पूर्वाधारको विकास गर्न जरुरी रहेको बताइएको छ ।
यस्तै नयाँ एचआइभी सङ्क्रमितलाई उपचारका लागि रेफरको व्यवस्था गरी यथाशीध्र उपचारको व्यवस्था गर्नुपर्ने, एचआइभी सङ्क्रमितलाई प्राथमिकतामा राखी सिकिस्त सङक्रमित र स्वस्थ सङ्क्रमित केन्द्रीत उपचार केन्द्र सञ्चालन गर्नुपर्ने जस्ता चुनौती रहेका छन् ।
अहिले करिव छ हजार सङ्क्रमित फेला पार्न सकिएको छैन । ति सङ्क्रमित पत्ता लगाई नियमित उपचारमा ल्याउनका लागि समस्या रहेको छ ।
यस्तै एचआइभी सङक्रमितको भाइरल लोड परीक्षणको सेवामा पहुँच बढाउनका लागि सातवटै प्रदेशमा भाइरल लोड परीक्षण सेवा विस्तार गर्नुपर्दछ ।
केन्द्रका निर्देशक डा. शर्माले एचआईभी सङक्रमितहरूलाई प्राथमिकतामा राखि सिकिस्त सङक्रमितकहरू र स्वस्थ सङक्रमितहरू केन्द्रित उपचारका सेवाहरू संचालन गर्ने र उपचार कार्यक्रमको प्रभावकारिता निगरानी गर्नका लागि सूचना प्रणालीलाई सुदृढीकरण गरि प्रमाणमा आधारित बिभिन्न तहहरूमा उपचारका कार्यक्रमहरू संचालन गर्ने तयारी भइरहेको बताए । यस्तै एचआईभी उपचारका औषधीहरूको आपूर्तीलाई प्रभावकारी पूर्वानुमान गरि चुस्त दुरुस्त बनाउने आवश्यक रहेको छ ।








NPL Cricket 2025: Two matches today
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली
सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा
हुम्लाबाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया