एनपीएलमा जनकपुरको पहिलो जित

काठमाडाैं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पाचौँ खेलमा आएर पहिलो जित दर्ता गरेको छ।
मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजनकाे पहिलो जित हात पारेकाे हाे । चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरका माज सदाकत र अनिल साहले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक जोडे । माजले ६३ र अनिलले ६१ रन बनाए ।
बलिङतर्फ चितवनका कमलसिंह ऐरी, साहिल तनवीर र अमरसिंह रौटेलाले एक÷एक विकेट लिए । यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ पहिला ब्याटिङ गरेकामा निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनायो । जसमा ओपनरद्वय डेविड मलान र अर्जुन साँउदले अर्धशतक हिर्काए । मलानले ८० र अर्जुनले ५२ रनको योगदान गरे । यी दुवै ब्याटरबीच ११२ रनको शतकीय साझेदारी समेत भयो।
जनकपुरका अनिल शाह, रूपेश सिंह, माज सदाकत र जान निकोल लोफ्टी–इटनले एक/एक विकेट लिए । आजै अपराह्न ४ः०० बजे दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।


















३३ अंकले घट्यो सेयर बजार
कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
प्रतिक्रिया