समावेशी नेपाल बनाउने अभियानमा सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समावेशी नेपाल बनाउने अभियान जारी रहेकाले सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँको गोकणेश्वर–३ मा आज आयोजित गोरखापत्रको बहुभाषिक पृष्ठ नयाँ नेपालअन्तर्गत थपिएको कुलुङ भाषा प्रकाशन शुभारम्भ गर्नुहुँदै मन्त्री खरेलले देश निर्माणको अभियानमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
मन्त्री खरेलले उहाँले नेपाल विविध जाति, भाषा र समुदायले बनेकाले जातजातिको भाषा, वेशभुषा र संस्कृति यहाँको गौरव र पहिचान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “समावेशी नेपाल नामक घर बनाउने अभियान सुरु भएको छ, गोरखापत्रमा कुलुङ भाषा पृष्ठ थपिनु एउटा इँटा थपिनु हो । यो अभियानमा सबैको हातेमालो चाहिन्छ ।” सरकार सबै समुदायको घरदैलोमा पुग्ने प्रयासमा रहेको र कुलुङ समुदायको कार्यक्रममा आज यहाँ पुग्नु पनि त्यही अभियान भएको उनले चर्चा गरे । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारले घोषित (आगामी फागुन २१ गते) प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने र सुशासन प्रवद्र्धनमा दृढताका साथ अगाडि बढेको बताए ।
उहाँले भन्नुभयो, “जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकार फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने तथा मुलुकमा सुशासन प्रवद्र्धन, रोजगारी सिर्जनालगायत विषयमा सरकार गम्भीरताकासाथ अगाडि बढेको छ । त्यसैले निर्वाचनलाई सफल बनाउन सबै नेपाीहरूको कर्तव्य हो ।” मन्त्री खरेलले निर्वाचन आफैँ लोकतन्त्रको आधारस्तम्भ र सुशासन कायम गर्ने अभियान भएकाले सबैको साथको खाँचो औँल्याए ।
मन्त्रालयका सचिव राधिका अर्यालले गोरखापत्रमा कुलुङ भाषाले स्थान पाउनु सो समुदायको पहिचान कायम हुनु हो भने । समावेशी नेपाल बनाउने अभियानमा यो पृष्ठ थप हुनु आफैँमा ऐतिहासिक काम भएको उहाँले बताउनुभयो । आजको पत्रकारिता भोलिको इतिहास भएकाले पृष्ठलाई पठनीय बनाउन उनले सुझाव दिए । सो अवसरमा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष चन्द्रसिंह कुलुङले मन्त्री खरेललाई फेगा (कुलुङ समुदायको सांस्कृतिक पोसाक) लगाएर स्वागत गरे।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले राष्ट्रभाषाको श्रीवृद्धिमा गोरखापत्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । यस अभियानअन्तर्गत आजदेखि थप भएको कुलुङ भाषा पृष्ठले भाषा संरक्षणमा थप टेवा पुग्ने विश्वास उहाँले व्यक्त गरे । गोरखापत्रमा ४६ भाषाको पृष्ठ प्रकाशन भइरहेको बताउँदै उहाँले यसमा सञ्चार मन्त्रालय, भाषा आयोगको उल्लेखीय योगदान भएको बताए ।
गोकणेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले नगरपालिका भाषा संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा योगदान दिइरहेको बताउँदै गोरखापत्रको अभियानमा सकेको साथ सहयोग गर्ने बताए । भाषा संस्कृति यहाँको पहिचान भएकाले त्यसको प्रवद्र्धनमा सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाए ।
गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक जुनारबाबु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य कुलुङ, नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष चन्द्रसिंह कुलुङले सरकार र गोरखापत्र संस्थानलाई धन्यवाद व्यक्त गरे । गोरखापत्र दैनिकबाट बहुभाषामा समाचार सामग्री दिन थालेको मातृभाषाको सङ्ख्या ४६ पुगेको छ । विसं २०८२ मङ्सिर १६ गते आजदेखि प्रकाशन प्रारम्भ भएको कुलुङ भाषापृष्ठ प्रकाशन सुरु भएसँगै यो सङ्ख्या ४६ पुगेको हो ।









चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो,एक जना घाइते
एमालेको ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
प्रतिक्रिया