बुधबार, मंसिर १७, २०८२

मुख्यमन्त्री अनुपस्थित भएपछि मधेस प्रदेशसभा बैठक स्थगित

मेरोन्यूज २०८२ मंसिर १७ गते १३:४७

काठमाडौं । विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेस प्रदेशसभा बैठक स्थगित भएको छ ।

नेकपा एमाले मधेश सभाका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवले विश्वासकाे मत लिने प्रयाेजनका लागि बुधबार बिहान ८:३० बजे बैठक बाेलाइएकाे थियाे।

तर विश्वासकाे मत लिने लागेका मुख्यमन्त्री स्वयं बैठकमा नआएपछि ३ मिनेटमै बैठक स्थगन गरेर दिउँसाे २ बजेका लागि सारिएकाे हाे। मुख्यमन्त्री यादवले २ बजे मात्रै बैठकमा आउने जनाउ दिएपछि उपसभामुख बबिता राउत ईसरले आजै २ बजेसम्मका लागि बैठक स्थगितकाे सूचना सुनाइन्।

प्रतिक्रिया