अब देशकै नेतृत्व गर्नुपर्छ जस्तो लागिरहेको छ: कुलमान घिसिङ
मेरोन्यूज
२०८२ मंसिर १७ गते १७:३४

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले अब आफूले देशकै कार्यकारी नेतृत्व लिनुपर्ने हो कि भन्ने महसुस हुन थालेको बताएका छन्।
बुधबार ‘उज्यालो नेपाल पार्टी’ को घोषणा सभालाई सम्बोधन गर्दै घिसिङले विद्युत प्राधिकरणको नेतृत्व र मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका घिसिङले अबको गन्तव्यबारे सोच्दा देशको नेतृत्व नै विकल्पको रूपमा देखेको बताए।
उनले भने, ‘मलाई पनि कहिलेकाहीँ अब यहाँबाट हिँडेपछि कतै जाने ठाउँ देखिँदैन, त्यसैले अब देशकै नेतृत्व गर्नुपर्छ जस्तो लागिराख्या छ।’
घिसिङले नेपालमा पछिल्लो ७५ वर्षमा १५० भन्दा बढी सरकार बने पनि जनताले चाहेको आर्थिक समृद्धि नआएको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाए। राजनीतिक व्यवस्था परिवर्तन गर्न सजिलो भए पनि आर्थिक व्यवस्थापन गर्न वर्तमान नेतृत्व चुकेको उनको भनाइ थियो।
सम्बन्धित









अब देशकै नेतृत्व गर्नुपर्छ जस्तो लागिरहेको छ: कुलमान घिसिङ
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा क्षति पुर्याउने धरौटीमा रिहा
राष्ट्रियसभाका अध्यक्षसँग मन्त्री खनाल र सिन्हाको भेट
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छ : संयोजक दाहाल
महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास
प्रतिक्रिया