भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

काठमाडौं । काठमाडौं गोर्खाजका भीम सार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी बनेका छन्। भीमले आज पोखरा एभेन्जर्स विरूद्ध १९ बलमा ५ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे।
एनपीएलमा यसअघि यति छिटो कुनै पनि नेपाली ब्याटरले अर्धशतक प्रहार गर्न सकेका थिएनन्। जारी सिजनमा सुदूरपश्चिम रोयल्समा आबद्ध विदेशी खेलाडी हर्मित सिंहले काठमाडौं विरूद्ध १९ बलमा अर्धशतक जोडेका थिए।
हर्मितको उक्त रेकर्ड आज भीमले बराबरीसमेत गरे। यसअघि गत सिजनमा भने जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमै अर्धशतक जोडेको रेकर्ड छ। आजको भीमको अर्धशतकसँगै यो संस्करणमा अर्धशतकको सङ्ख्या २९ पुगेको छ। २९ अर्धशतक हिर्काउनेमा २५ खेलाडी सामेल छन्। यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पञ्चालले दुई/दुई अर्धशतक हिर्काएका छन्।
सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्माले, जिमी निशम, एडम रोसिङटन, चितवनका डेविड मलान र अर्जुन साउद, काठमाडौं गोर्खाजका जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन्।
कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन्।









भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी
घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की
मलामी गएका युवक महाकालीमा बेपत्ता
एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
प्रतिक्रिया