बागलुङमा जीप दुर्घटना हुँदा ८ जना घाइते
मेरोन्यूज
२०८२ मंसिर १८ गते १९:२१

ढोरपाटन (बागलुङ)। बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्लाको बागलुङ नगरपालिका–८ सिगाना सेरामा आज दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजा तर्फ आउँदै गरेको गाडी नम्बर ग ३ च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी चालक सुसान्त जिसीसहित प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निशा भण्डारी, चन्द्र भण्डारी र झुपा भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए । घाइतेहरुलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ल्याइएको छ ।
सम्बन्धित








बागलुङमा जीप दुर्घटना हुँदा ८ जना घाइते
नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने बलर बने शाहब
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
प्रतिक्रिया