बुधबार, फागुन २०, २०८२

गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण

मेरोन्यूज २०८२ मंसिर २१ गते १८:४२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आज सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

उनले आज संसद् भवन परिसरभित्र ‘जेनजी सहिदका सालिक’ का लागि निर्माण गर्न आवश्यक ठाउँको अवलोकन पनि गरेको मन्त्री अर्यालको सचिवालयल जनाएको छ।

जेनजी सहिदका परिवार र मन्त्रालय सम्बद्ध केही कर्मचारी तथा सचिवालय सदस्यहरूसहित सालिक निर्माणका लागि आवश्यक ठाउँको उपलब्धताबारे र त्यहाँको वस्तुस्थिति बुझ्न मन्त्री अर्याल संसद् भवनको निरीक्षणमा जाएका हुन्।

सरकारले गत भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा ‘जेनजी स्मारक पार्क’ बनाउने निर्णय गरेको थियो भने गत कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा मारिएका ४२ जना जेनजी युवा र तीन प्रहरीलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।

भवन निरीक्षण गर्दै गृहमन्त्री अर्यालले निर्माणाधीन भवनभित्र प्रतिनिधिसभा र राष्ट्रियसभाको मुख्य बैठक बस्ने ग्यालरी कक्षको प्रगति तथा प्राविधिक पक्षबारे समेत जानकारी लिएका थिए। इन्जिनियरहरूसँग कुरा गर्दै उनले थपिएको समयभित्रै संसद् भवन निर्माण परियोजनाको काम सम्पन्न हुने वा नहुनेबारे चासोसमेत प्रकट गरेका थिए।

प्रतिक्रिया