गोँगबु बसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने तथा शङ्कास्पद गतिविधि गर्ने ४६ जना व्यक्तिलाई बुधबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले देशका विभिन्न भागबाट राजधानी काठमाडौँ आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले आज मात्र ४६ जनालाई नियन्त्रणमा लिएको छ । “सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेका छौँ, उक्त घटना दोहोरिएको खण्डमा कडा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ”, उनले भने । प्रहरीले उक्त अभियानलाई निरन्तरता दिने बताए ।









बाघ गणना पुस १ गतेदेखि
म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु
हुम्लाका २५ मतदानस्थल अति संवेदनशील
गोँगबु बसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
प्रतिक्रिया