फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाखको क्षति
मेरोन्यूज
२०८२ मंसिर २६ गते १७:२०

घोराही । यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण रु ६७ लाख मूल्य बराबरको क्षति भएको छ ।
आज बिहान भएको आगालागीका कारण एउटा ट्रस्ट भवनसहित ठूलासाना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट हुँदा रु ६७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
आगलागीका कारण फोहर व्यवस्थापनका लागि बनाइको घरसमेत जलेको छ । यसअघि राप्ती गाउँपालिकाले यहाँ फोहर व्यवस्थापन गर्दै आएको थियो ।
यहाँ गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजरको सहयोगमा करिब दुई घण्टामा आगो निभाइएको थियो । आगलागीको कारण पहिचान हुन नसकेको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित









एमाले महाधिवेशन : बढ्दाे चहलपहल, नेतादेखि प्रतिनिधिको दौडधूप
नवनियुक्त भूमिमन्त्री इङ्नामले गरे पदवहाली
कार्यभार सम्हाल्दै श्रममन्त्री भण्डारीले भने- प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडल हटाउँछु
नवनियुक्त महिलामन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
एनपीएलमा अर्धशतकको सङ्ख्या ३६
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
प्रतिक्रिया