शनिबार, मंसिर २७, २०८२

एमाले ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि गोरखाबाट प्रेम बहादुर गुरुङ भिड्दै

मेरोन्यूज २०८२ मंसिर २७ गते १३:१६

काठमाडौं । मंसीर २७ गते (आजबाट) सुरु हुने ११ औँ महाधिवेशनका लागि गोरखा २ बाट प्रेम बहादुर गुरुङ केन्द्रीय सदस्यमा भिड्दैछन् ।

गोरखा, सिरानचोक–७ का प्रेम बहादुर गुरुङ अनुभवी, समर्पित र सिद्धान्तमा अडिग नेताका रुपमा चिनिन्छन् । साधारण गाउँमा जन्मिएका उनले २०४२ सालमै विद्यार्थी राजनीति थालनी गरेका थिए । ठाकुरराम बहुमुखी क्याम्पसमार्फत अखिल विद्यार्थी युनियनमा जोडिएका थिए ।

उनले संगठन विस्तार र बिभिन्न आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । २०४९ सालदेखी उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा पूर्णकालीन कार्यकर्ता बनेका थिए । त्यसपछि गुरुङ निरन्तर गण्डकी अञ्चललाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएर संगठन निर्माणमा होमिएका थिए ।

माओवादी द्वन्द्वमा उनलाई राज्य पक्षले पक्राउ परी शारीरिक र मानसिक यातना दिएको थियो । यस्तै माओवादी पक्षबाट पनि मानसिक, तथा शारीरिक दवाब झेलेका थिए । जेल जीवन पनि भोगेका गुरुङले पार्टी संगठन विस्तारमा निरन्तरता दिएका थिए ।
११ औँ महाधिबेशनबाट एमाले केन्द्रीय सदस्यमा जितेमा उनले जिल्लामा पार्टीको विचार निर्माण र संगठन निर्माणमा केन्द्रीत रहने बताएका छन् ।

नेकपा एमालेको ११ औं महाधिबेशनका लागि गोरखाबाट महाधिवेसन प्रतिनिधि नौ जना छनौट भएका छन् । मंसिर २७ देखी काठमाडौंमा सुरु हुने महाधिवेसन २९ गते सम्म चल्नेछ । केन्द्रीय महाधिबेसनका लागि गोरखाबाट नौ जना महाधिवेसन प्रनिनिधि छनौट भएका छन् ।

प्रतिक्रिया