शनिबार, मंसिर २७, २०८२

एमाले कमजाेर भएकाे छैन, झनै शक्तिशाली बनेको छ : शंकर पोखरेल

मेरोन्यूज २०८२ मंसिर २७ गते १४:२९

काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटनाको जिम्मेवारका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चित्रण गर्ने दुष्प्रयास गरिएको बताएका छन्।

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा उद्घाटन मन्तव्य राख्दै पोखरेलले गत भदौ २३ र २४ गतेको घटनापछि एमालेमाथि संगठित र सुनियोजित रुपमा प्रहार भइरहेको बताए। उनले नेकपा एमाले सकियो भन्ने कतिपयलाई लागिरहेको भएपनि महाधिवेशनमा उपस्थित संख्याले एमाले झनै शक्तिशाली र बलियो बनेर आएको स्पष्ट हुने बताए।

‘भदौ २३ र २४ गतेको घटनापछि पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जनु प्रकारको प्रचारबाजी गरियो। जिम्मेवारका रुपमा ओलीलाई चित्रण गर्ने दुष्प्रयत्न गरियो’, पोखरेलले भने, ‘नेपालको इतिहासमा २३ र २४ गते जुनप्रकारका घटना भए। नवयुवाको भावनामा खेलेर राष्ट्रविरोधी, लोकतन्त्र, गणतन्त्र र नेपालका राजनीतिक दलका विरुद्धमा षड्यन्त्रपूर्ण गतिविधी भएका छन्।’

पोखरेलले मुलुकबाट प्रतिगमनलाई पराजित गरेर लोकतन्त्रको बाटोमा अघि बढ्ने बताए।

प्रतिक्रिया