जेनजी आन्दोलनको जिम्मेवारी सबै दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जेनजी आन्दोलनको जिम्मेवारी लामो समयदेखि देशको भागदौड सम्हाल्ने सबै दलहरुले लिनुपर्ने बताएका छन् ।
भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनको जिम्मेवारी लामो समयदेखि देशको भागदौड सम्हाल्ने सबै दलहरुले लिनुपर्ने भन्दै सरकारमा रहँदासम्मको समयको जिम्मेवारी रास्वपा समेतले लिनुपर्ने बताए ।
उनले भने, ‘जेनजी आन्दोलन र यो विस्फोट हुनुमा विगत लामो समयदेखि देशको राजनीतिको मुख्य भागदौड सम्हाल्ने र नेतृत्व लिने सबै दलहरुले जिम्मेवारी लिनु पर्ने नै छ । यसमा हामी सरकारमा रहदासम्मको समयको जिम्मेवारी रास्वपा समेतले लिने छ । यस विषयमा नेकपा एमालेको महाधिवेशनमा गहन बहस हुनेछ भन्ने अपेक्षा गरेको छु ।’
यस्तै, उनले पछिल्लो समयको युवा विद्रोह र आम नागरिकको माग नेतृत्व पुस्तान्तरण रहेको भन्दै नेकपा एमालेले पनि यसमा उपयुक्त सम्बोधन गर्ने विश्वास लिएको बताए ।
उनले भने, ‘पछिल्लो समयको युवा विद्रोह र आम नागरिकको चाहना अनुसार नेतृत्व पुस्तान्तरणको माग हामी सबैले बुझेका छौ । नेकपा एमालेले पनि यसमा उपयुक्त सम्बोधन गर्नेछ भन्ने विश्वास सबैले गरेका छौं ।’















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया