जेनजी आन्दोलनको जिम्मेवारी सबै दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जेनजी आन्दोलनको जिम्मेवारी लामो समयदेखि देशको भागदौड सम्हाल्ने सबै दलहरुले लिनुपर्ने बताएका छन् ।
भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनको जिम्मेवारी लामो समयदेखि देशको भागदौड सम्हाल्ने सबै दलहरुले लिनुपर्ने भन्दै सरकारमा रहँदासम्मको समयको जिम्मेवारी रास्वपा समेतले लिनुपर्ने बताए ।
उनले भने, ‘जेनजी आन्दोलन र यो विस्फोट हुनुमा विगत लामो समयदेखि देशको राजनीतिको मुख्य भागदौड सम्हाल्ने र नेतृत्व लिने सबै दलहरुले जिम्मेवारी लिनु पर्ने नै छ । यसमा हामी सरकारमा रहदासम्मको समयको जिम्मेवारी रास्वपा समेतले लिने छ । यस विषयमा नेकपा एमालेको महाधिवेशनमा गहन बहस हुनेछ भन्ने अपेक्षा गरेको छु ।’
यस्तै, उनले पछिल्लो समयको युवा विद्रोह र आम नागरिकको माग नेतृत्व पुस्तान्तरण रहेको भन्दै नेकपा एमालेले पनि यसमा उपयुक्त सम्बोधन गर्ने विश्वास लिएको बताए ।
उनले भने, ‘पछिल्लो समयको युवा विद्रोह र आम नागरिकको चाहना अनुसार नेतृत्व पुस्तान्तरणको माग हामी सबैले बुझेका छौ । नेकपा एमालेले पनि यसमा उपयुक्त सम्बोधन गर्नेछ भन्ने विश्वास सबैले गरेका छौं ।’









एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
पाल्पा जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया