एमएडब्लु वृद्धिद्वारा नेपालगञ्जमा अत्याधुनिक डोङफेङ र दीपाल शोरुमको उद्घाटन

काठमाडौं । नेपालका लागि दीपाल तथा नामी विद्युतीय सवारी साधनहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपालगञ्जमा डोङफेङ र दीपालको अत्याधुनिक शोरुमको औपचारिक उद्घाटन गरेको छ । यससँगै एमएडब्लु वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ ।
देशव्यापी ईभी नेटवर्क विस्तार गर्ने र पश्चिम नेपालमा बजार सुदृढ गर्ने योजनाअन्तर्गत नेपालगञ्जमा सञ्चालनमा आएको यो शोरुम एमएडब्लु वृद्धिको लागि महत्वपूर्ण कोसेढुङ्गा मानिएको छ ।
शोरुमको उद्घाटन नाडा एसोसिएसन बाँकेका अध्यक्ष नरेन्द्रप्रसाद ओली, एमएडब्लु ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लु वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रसन्न पन्त, एमएडब्लु वृद्धि अटोकर्पका सीईओ ज्ञानेन्द्र चन्द तथा पानास अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनालको उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रममा अटोमोटिभ तथा व्यावसायिक क्षेत्रका प्रतिष्ठित अतिथि, सरोकारवाला, स्थानीय अधिकारी, व्यवसायी, ग्राहक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
नेपालगञ्जको प्रमुख स्थानमा अवस्थित यस शोरुमले डोङफेङ र दीपालका नवीनतम विद्युतीय सवारी साधनहरूको प्रत्यक्ष अनुभव प्रदान गर्नेछ । ग्राहकको सुविधा र आरामलाई ध्यानमा राखी डिजाइन गरिएको शोरुममा आगन्तुकहरूले सवारी साधनहरू नजिकबाट अवलोकन गर्दै उत्पादनसम्बन्धी विस्तृत जानकारी लिन सक्नेछन् ।
शोरुम उद्घाटनको एक दिनअघि नेपालगन्जमा नामी भिगो र दीपाल एस–०५ सार्वजनिक गरिएको थियो । यी नयाँ मोडलहरूले नेपाली बजारमा विद्युतीय सवारी साधनका विकल्पहरूलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।
टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प सञ्चालन
शोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृद्धि मोटर्सले नेपालगन्जस्थित पानास अटोमोटिभमा ‘टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प’ सञ्चालन गरिरहेको छ । क्याम्पअन्तर्गत ग्राहकहरूले डोङफेङ र दीपालका विद्युतीय सवारी साधनहरूको प्रत्यक्ष अनुभव लिन सक्नेछन् ।
कार्यक्रममा आकर्षक नगद छुट, एक्सचेन्ज बोनससहित उत्कृष्ट मूल्याङ्कन, निःशुल्क चार्जर (७ किलोवाट वा ३.५ किलोवाट), निःशुल्क बीमा तथा प्रत्येक टेस्ट ड्राइभमा उपहारको सुविधा प्रदान गरिने एमएडब्लु वृद्धिले जनाएको छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया