एनआरएनएको १२औँ महाधिवेशन फागुन दोस्रो साता

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन आगामी फागुन ११ देखि १३ गतेसम्म हुने भएको छ ।
विगतमा भिन्नभिन्न समूहमा रहेका एनआरएनएको एकतापछि आइतबार बसेको ‘स्टेरिङ’ समितिको बैठकले एनआरएनएको १२औँ एकता महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको हो ।
संघका महासचिवद्वय गौरीराज जोशी र बीआर लामाले संयुक्त विज्ञप्ति जारी गरी ‘स्टेरिङ कमिटी’ले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मिति घोषणा गरेको जानकारी दिए । उक्त बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै सांगठनिक एकता र आन्तरिक व्यवस्थापनका लागि विभिन्न निर्णयसमेत गरेको छ ।
बैठकले राष्ट्रिय समन्वय समिति (एनसिसी) बिचको एकतालाई निष्कर्षमा पु¥याउन गङ्गाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसिसी एकता समिति’ गठन गरेको छ । उक्त समितिको सहसंयोजकमा टीका गुरुङ र सदस्यमा शनि ओली, नारायण काफ्ले र चिरञ्जीवी खड्का छन् ।
संघले एनआरएनएको एकताको सन्देश विश्वभरका नेपालीमाझ पु¥याउन क्षेत्रीयस्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रम गर्ने भएको छ । संघले १२औँ महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन विश्वभर छरिएका गैरआवासीय नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषदहरू र सरोकारवाला सबै पक्षलाई सहयोगका लागि अपिल गरेको छ ।










सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा २० प्रतिशतसम्म छुट
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
धनुषाको शंकर जनता माविका प्रधानाध्यापक ठाकुरविरूद्ध भ्रष्टाचार मुद्दा दायर
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
कृषि विकास बैंकको १९औँ वार्षिक साधरण सभा सम्पन्न
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रतिक्रिया