पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित
मेरोन्यूज
२०८२ पुष २ गते १४:२७

काठमाडाैं । श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराज भनिने राजकुमार तामाङ लामालाई पार्टीले निलम्बन गरेको छ ।
विस्फाेटक पदार्थसम्बन्धी कसुरमा फरार देखिएका तामाङलाई मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको कपनबाट पक्राउ गरेको थियाे ।
उनी पक्राउ परेगलत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बुधबार विज्ञप्ति जारी गरेर आजैका मितिबाट अनुसन्धानको अन्तिम टुंगो नलागुन्जेलसम्मका लागि निलम्बन गरिएको जानकारी दिए ।
अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म बुधबारदेखि लागुहुने गरी पार्टीको उपाध्यक्ष पदको जिम्मेवारीबाट निलम्बन गरिएको अध्यक्ष साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया