बिहीबार, वैशाख १०, २०८३

प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर

मेरोन्यूज २०८२ पुष २ गते १५:५५

काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

Advertisement
NiccNicc

जस अनुसार काठमाडौँ र चितवनमा पुस ६, ७ र ८ गते (डिसेम्बर २१, २२ र २३, २०२५ ) गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ। काठमाडौँ उपत्यकामा यो कार्यक्रम संस्कार फाइन डाइन एण्ड इभेन्ट्स, ललितपुरमा हुने छ भने चितवनमा चितवनको मिलनचोकस्थित शोरुममै आयोजना हुनेछ ।

तीन दिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषताहरु, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ। एक्सचेन्ज अफरमा प्रोटोन इमास ७ को मुल्य रु.४६.९९ लाखबाट सुरु हुनेछ ।

प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो EV को लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ। यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।

प्रतिक्रिया