एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
मेरोन्यूज
२०८२ पुष ३ गते १८:२८

काठमाडौँ । नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ ।
भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गरेका हुन् ।
अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५/२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् । अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका थिए ।
आयोगका अध्यक्ष डा विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले सपथ लिए भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले सपथ गराए ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया