शनिबार, पुष ५, २०८२

रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई

मेरोन्यूज २०८२ पुष ४ गते ९:४७

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्ने अदालतको आदेश स्वागतयोग्य भएको बताएका छन् ।

उनले अदालतले धरौटीमा रिहा गरेर मुद्दा अघि बढाउने गरी गरेको आदेश स्वागतयोग्य भएको बताएका हुन् । उनले यो निर्णय सहकारी पीडितको हितमा भएकोसमेत बताएका छन् ।‘अदालतद्वारा सशर्त धरौटीमा रिहा गर्ने गरी मुद्दा अघि बढाउन गरिएको निर्णय विधिको शासन, सहकारीपीडितको हित र राजनीतिक उपयुक्तता सबै हिसाबले स्वागतयोग्य छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

डा. भट्टराईले यसले उनलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबीच गएर जनअनुमोदन प्राप्त गर्ने अवसर दिनेसमेत उल्लेख गरेका छन् ।यो निर्णयसँगै सहकारी पीडितहरूले पनि आफ्नो गहिरो पीडाको सम्बोधन कानूनी रूपबाटै प्राप्त गर्ने मार्ग प्रशस्त गरेको उनको बुझाइ छ ।

प्रतिक्रिया