रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्ने अदालतको आदेश स्वागतयोग्य भएको बताएका छन् ।
उनले अदालतले धरौटीमा रिहा गरेर मुद्दा अघि बढाउने गरी गरेको आदेश स्वागतयोग्य भएको बताएका हुन् । उनले यो निर्णय सहकारी पीडितको हितमा भएकोसमेत बताएका छन् ।‘अदालतद्वारा सशर्त धरौटीमा रिहा गर्ने गरी मुद्दा अघि बढाउन गरिएको निर्णय विधिको शासन, सहकारीपीडितको हित र राजनीतिक उपयुक्तता सबै हिसाबले स्वागतयोग्य छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
डा. भट्टराईले यसले उनलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबीच गएर जनअनुमोदन प्राप्त गर्ने अवसर दिनेसमेत उल्लेख गरेका छन् ।यो निर्णयसँगै सहकारी पीडितहरूले पनि आफ्नो गहिरो पीडाको सम्बोधन कानूनी रूपबाटै प्राप्त गर्ने मार्ग प्रशस्त गरेको उनको बुझाइ छ ।
















विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया