३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मेरोन्यूज
२०८२ पुष ४ गते २०:४०

४ पुस, काठमाडौं । सरकारले १ लाखसम्मका साना बचतकर्ताको रकम फिर्ता गर्ने भएकाे छ । साे क्रममा सरकारले चक्रीय कोषमार्फत बचत फिर्ता गर्दा रकम पाउने सहकारी पीडित बचतकर्ता करिब ३८ हजार छन् ।
सरकारले १ लाखसम्मका साना बचतकर्ताको रकम फिर्ता गर्दा ती बचतकर्ताले आफ्नो पूरै बचत रकम पाउने भएका हुन् ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रस्ताव सहित चक्रीय कोषको परिकल्पना गरेको छ । उक्त कोषमा सरकारले २ अर्ब रुपैयाँ राख्ने र त्यसको परिचालन कार्यविधि मार्फत साना बचतकर्तालाई फिर्ता गर्ने प्रस्ताव मन्त्रालयले गरेको छ ।
सोही अनुसार मन्त्रालयले कार्यविधि तयार गरी अर्थ मन्त्रालयमा पठाएको छ । अर्थमा अध्ययन क्रममा रहेको उक्त कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि साना बचतकर्ताले रकम फिर्ता पाउनेछन् ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया