वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज

४ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीकाे निर्देशनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज गरेका छन् । श्रममन्त्री भण्डारीले आज मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि कात्तिक ३० गतेको निर्णय खारेज गरेका हुन् ।
श्रम मन्त्रालयले सेटिङमा श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय पुर्याउने निर्णय कार्यान्वयनका लागि व्यवसायीहरूलाई पत्राचार गरेको थियो । तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले ८ चैत २०८१ मा ६ हजार ५ सय रूपैयाँ शुल्क लिँदै आएको शुल्क बढाएर ९ हजार ५ सय रूपैयाँ पुर्याउने निर्णय गरेका थिए ।
स्वास्थ्य परीक्षण सेवालाई गुणस्तरीय बनाउन ३४ प्रकारका परीक्षण गर्नुपर्ने र त्यसका लागि उक्त शुल्क निर्धारण भएको थियो ।
शुल्क बढेको विषयमा चौतर्फी विरोध भएपछि प्रधानमन्त्री सुशीला कार्कीले निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएकी थिइन् । सोही अनुसार मन्त्री भण्डारीले शुल्क बढाउने निर्णय खारेज गरेका हुन् ।
श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले एक विज्ञप्ति जारी गर्दै शुल्क वृद्धि खारेज गरिएको र पुरानै शुल्कमा स्वास्थ्य परीक्षण गरिने बताए ।
‘मन्त्रालयको मिति २०८२/०९/०४ को माननीय मन्त्रीस्तरको निर्णयबाट २०८२/०७/३० को निर्णयानुसार भएको शुल्क वृद्धि खारेज गरिएको व्यहोरा अनुरोध छ । तसर्थ, वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले स्वास्थ्य परीक्षण र परीक्षण शुल्क साविक बमोजिम नै हुनेगरी कार्यान्वयन गर्नु गराउनु हुन सम्बद्ध सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य सेवा परीक्षण दस्तुर निर्धारण गर्दा नेपाल सरकारले तोकेको शुल्कलाई आधार मानी वैदेशिक रोजगारमा जाने कामदारलाई सहुलियत हुनेगरी सबै परीक्षणको प्याकेजमा ९ हजार ५ सय रूपैयाँ तोकेको थियो ।













राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ
निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया