पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल रू आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजारको वैदेशिक व्यापार गर्दा रू छ खर्ब ४९ अर्ब ६८ करोड घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको स्थिति प्रतिवेदनअनुसार यो अवधिमा रू सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाखको आयात र रू एक खर्ब १६ अर्ब ५० करोडको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १५ दशमलव ८३ र निर्यात ५८ दशमलव १७ प्रतिशतले बढेको विभागले जनाएको छ ।
भारतसँग मात्र पाँच महिनामा रू तीन खर्ब ३९ अर्ब दुई करोडभन्दा बढी व्यापार घाटा देखिएको छ । यो अवधिमा भारतबाट रू चार खर्ब ३४ अर्ब छ करोड ४२ लाखको वस्तु आयात हुँदा रू ९५ अर्ब चार करोड २० लाख बराबरको मात्रै निर्यात भएको छ । अर्को छिमेकी मुलुक चीनसँग रू एक खर्ब ६३ अर्ब ७३ करोड ४८ लाखको आयात र रू ४६ करोड ६८ लाख बराबरको मात्र निर्यात हुँदा नेपालले रू एक खर्ब ६३ अर्ब २६ करोड ८० लाखको घाटा व्यहोरेको छ ।
नेपालले व्यापार नाफा गरेका मुलुकहरुमा भने रोमानिया पहिलो स्थानमा देखिएको छ । पछिल्लो पाँच महिनामा रोमानियासँग नेपालको कूल वैदेशिक व्यापार नाफा रू छ करोड ३४ लाख ६९ हजार बराबर छ । त्यस्तै स्वीडेन, इराकलगायतका मुलुकसँग नेपालको व्यापार नाफा छ ।
यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो पाँच महिनामा रू ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार बराबरको डिजेल, रू २७ अर्ब ३३ करोड दुई लाख १४ लाख बराबरको पेट्रोल र रू २२ अर्ब ३९ करोड ४६ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ । रू १९ अर्ब १३ करोड ६९ लाखको स्मार्टफोन, रू ४६ अर्ब ९७ करोडको कच्चा सोयाबिन तेल, रू २१ अर्ब ८४ करोड ६३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ ।
नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाबिन तेल पहिलो स्थानमा देखिएको छ । यो अवधिमा रू ४६ अर्ब ५५ करोड ८६ लाख ६६ हजार बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै रू पाँच अर्ब ५३ करोड ३२ लाख बराबरको ठूलो अलैँची, रू चार अर्ब १३ करोड ३४ लाख बराबरको कार्पेट र रू तीन अर्ब ७३ करोड बराबरको सूर्यमुखी तेल निर्यात भएको छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया