शनिबार, फागुन १६, २०८२

नेप्सेमा सामान्य अंकको सुधार

मेरोन्यूज २०८२ पुष ८ गते १५:५६

काठमाडौँ । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अंकले बढेर दुई हजार ५८४ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आज ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ९२ हजार ७४६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १०, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन, शून्य दशमलव १०, जलविद्युत् शून्य दशमलव २९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव १७ र अन्य समूह एक दशमलव २८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव १६, लगानी शून्य दशमलव ३४, जीवन बीमा शून्य दशमलव ७९, म्युचुअल फन्ड शून्य दशमलव ११ र निर्जीवन बीमा शून्य दशमलव १६ प्रतिशतले घटेको हो ।

एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै सात दशमलव ०१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ९७ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको रू ३० करोड ९८ लाख १७ हजार ३०८ बराबरको तीन लाख ९१ हजार ३७१ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया