नेप्सेमा सामान्य अंकको सुधार

काठमाडौँ । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अंकले बढेर दुई हजार ५८४ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।
आज ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ९२ हजार ७४६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव १०, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन, शून्य दशमलव १०, जलविद्युत् शून्य दशमलव २९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव १७ र अन्य समूह एक दशमलव २८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव १६, लगानी शून्य दशमलव ३४, जीवन बीमा शून्य दशमलव ७९, म्युचुअल फन्ड शून्य दशमलव ११ र निर्जीवन बीमा शून्य दशमलव १६ प्रतिशतले घटेको हो ।
एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै सात दशमलव ०१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ९७ प्रतिशतले घटेको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको रू ३० करोड ९८ लाख १७ हजार ३०८ बराबरको तीन लाख ९१ हजार ३७१ कित्ता शेयर किनबेच भएको छ ।














नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
कांग्रेस केन्द्रीय समिति छिटो अद्यावधिक गर्न गगन समूहकाे माग
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया