क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरणका लागि चार बुँदे निर्देशन दिएका छन्।
महामन्त्री थापाले मंगलबार सबै जिल्ला कार्यसमितिका सभापतिलाई पठाएको निर्देशनमा मापदण्ड पुगेका व्यक्तिलाई क्रियाशील सदस्यता वितरण गर्न भनिएको छ।
कांग्रेसको निर्देशनमा भनिएको छ, ‘नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिका अनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्र अनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोही अनुसार मापदण्ड समेत पठाइसकेको अवस्थामा मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले नयाँ क्रियाशील सदस्यता वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गर्नु गराउन हुन यो परिपत्र गरिएको छ।’
चार बुँदे निर्देशनमा कांग्रेस केन्द्रले क्षेत्रीय कार्यसमितिलाई क्रम संख्या नम्बरसहितको नयाँ क्रियाशील सदस्यता फारम पठाएको उल्लेख गरिएको छ। नयाँ क्रियाशील सदस्यता विरतण गर्दा समन्वय, सहजीकरण, सहयोग र अनुगमन गर्न भनिएको छ।

















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया