आइतबार, पुष १३, २०८२

बालेनसँग भेटपछि कुलमानले भने -‘ रास्वपासहित एकताकाे संवाद सकारात्मक ‘

मेरोन्यूज २०८२ पुष १२ गते १४:१०

ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँका मेयर बालेन्द्र शाह ‘बालेन’सँग एकता गर्ने विषयमा संवाद सकारात्मक रुपमा अघि बढिरहेको बताएका छन्।

आज बिहान मेयर बालेनसँग भेटवार्तापछि सञ्चारकर्मीको जिज्ञासामा मन्त्री घिसिङले छलफल जारी रहेको र प्रगति-उन्मुख रहेको संकेत गरेका हुन् । यद्यपि उनले प्रस्ट जवाफ दिएनन्।

एकताकाे विधि आ‍वश्यक रहेकाे र सबैको सम्माजनक उपस्थिति हुनेगरी छलफल अगाडी बढीरहेकाे बताए ।

यसअघि आज बिहानै मेयर बालेनले मन्त्री कुलमानलाई भेटेर आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणासहित एक भएर सहभागी हुन रास्वपाबाट आएको प्रस्तावका विषयमा ब्रिफिङ गरेका थिए। 

 जवाफमा कुलमानले पार्टीकाे आन्तरिक छलफलपछि जवाफ दिने बताएका थिए ।

प्रतिक्रिया