बालेनसँग भेटपछि कुलमानले भने -‘ रास्वपासहित एकताकाे संवाद सकारात्मक ‘
मेरोन्यूज
२०८२ पुष १२ गते १४:१०

ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँका मेयर बालेन्द्र शाह ‘बालेन’सँग एकता गर्ने विषयमा संवाद सकारात्मक रुपमा अघि बढिरहेको बताएका छन्।
आज बिहान मेयर बालेनसँग भेटवार्तापछि सञ्चारकर्मीको जिज्ञासामा मन्त्री घिसिङले छलफल जारी रहेको र प्रगति-उन्मुख रहेको संकेत गरेका हुन् । यद्यपि उनले प्रस्ट जवाफ दिएनन्।
एकताकाे विधि आवश्यक रहेकाे र सबैको सम्माजनक उपस्थिति हुनेगरी छलफल अगाडी बढीरहेकाे बताए ।
यसअघि आज बिहानै मेयर बालेनले मन्त्री कुलमानलाई भेटेर आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणासहित एक भएर सहभागी हुन रास्वपाबाट आएको प्रस्तावका विषयमा ब्रिफिङ गरेका थिए।
जवाफमा कुलमानले पार्टीकाे आन्तरिक छलफलपछि जवाफ दिने बताएका थिए ।
सम्बन्धित
















सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ
भ्यालेन्टाइन डेको अवसरमा टाटा टियागो इभी मात्र २४ लाख ९९ हजारमा
इस्लामावादकाे एक मस्जिदमा आत्मघाती विस्फोट : ३० जनाको मृत्यु, १३० बढी घाइते
प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छापिए
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
प्रतिक्रिया