पुस १३ गते आइतबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?

काठमाडौं । आज २०८२ साल पुस १३ गते आइतबार तदनुसार सन् २०२५ डिसेम्बर २८ तारिख । पौष शुक्ल पक्षको अष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : वाचा गर्नेहरूले प्रतिबद्धता पूरा गर्न सक्छन धैर्य राखौं। कानुन विपरीत कार्य नगर्नुहोला। दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृष : दिगो फाइदा हुने काममा समय बित्नेछ। सहयोगीहरूको साथ मिल्नाले चिताएको काम सम्पादन हुनेछ। कलात्मक र रचनात्मक कार्यतर्फ मन जानेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन : घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। धैर्य वा पराक्रममा वृद्धि हुनेछ। चिताएको काम समयमा सम्पादन गर्न सकिनेछ। स्यानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। लगनशीलताले शत्रुहरु किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
सिंह : कुनै कुरालाई लिएर मन अशान्त रहनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। कार्यक्षेत्रमा धैर्यताको अभावले निर्णयहरू प्रभावित हुनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कन्या : दाम्पत्य जीवन सुमधुर रहनेछ। प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नुपर्ला। आर्थिक पक्ष सबल रहनेछ। मन प्रशन्न रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
तुला : सरकारी वा वित्तीय संस्थाबाट लाभ मिल्ला। स्वास्थ्य सबल रहनेछ। रोकिएका काम बन्नाले अरु कार्यतर्फ अग्रसर भइनेछ। साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ ।
वृश्चिक : व्यस्तताले गर्दा थकान महसुस हुन सक्छ। परिवारसँग राम्रो समय बिताउने अवसर मिल्नेछ। कार्यक्षेत्रमा धैर्य वा संयमताले काम लिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
धनु : आजको दिन सामान्य रहेको छ। महत्वकांक्षी योजनाहरू गोप्य राख्नुहोस्। नोकरी वा पेशामा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बन्नेछ। साथीभाइहरूबाट सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
मकर : आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। पुराना टाढिएका आफन्तहरूसँग भेटघाटले मन उत्साहित रहनेछ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। कामकाजमा नयाँ अवसर देखिन सक्छ। आजको शुभ रंग कालो हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ : संचित धनमा वृद्धि हुनुका साथै पारिवारिक सद्भावमा वृद्धी आउनेछ। अनावश्यक खर्च बढ्न सक्छ सचेत रहनुहोस्। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
मीन : मान प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा कामको चाप बढ्नेछ। जग्गा जमिनबाट लाभ मिल्नेछ। परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।











यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
पुस १३ गते आइतबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
तनहुँमा ५९ हजार कुखुराको बिमा
प्रतिक्रिया