सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो स्थापनाकालको २३ औँ वर्ष पूरा गरेको छ । १७औँ वाणिज्य बैंकको रूपमा २०५९ सालमा स्थापना भएको सिद्धार्थ बैंकले एक कार्य कार्यक्रमको आयोजना गरी २३औँ बार्षिकोत्सव मनाएको हो ।
बैंक सञ्चालनको २३ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा का.मु.प्रमुख कार्यकारी अधिकृतलगायत बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य रूपमा मनाएको छ ।
सो अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रमका साथै बैंकमा कार्यरत रहि १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई सम्मान पनि गरेको छ ।
उक्त अवसरमा बैंकले देशका विभिन्न स्थानहरु; विराटनगर, दमक, वीरगंज, सिमरा, जनकपुर, हात्तीसार, नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत र धनगढी गरी एघार स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथै, ग्राहक महानुभावहरु एवं स्थानीयवासीहरु (४३४ पुरुष र ५४ महिला) गरी जम्मा ४८८ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।
बैंकले आफ्नो २३ वर्षे यात्रालाई स्मरण गर्दै आयोजना गरिएका यी कार्यक्रमहरुले संस्थागत एकता, कर्मचारीहरूको मनोबल अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ ।
















कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया