मंगलबार, पुष १५, २०८२

शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

मेरोन्यूज २०८२ पुष १५ गते १०:२४

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ पार्टी उपसभापति बनेकोप्रति प्रश्न गरेका छन् ।

गैरदलीय चुनावी सरकारका मन्त्रीले राजीनामा नदिई पार्टी उपसभापति बनेको भन्दै उनले आपत्ति जनाएका हुन् ।सोमबार साँझ ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति बनेका हुन् । सभापति रवि लामिछाने र बालेन्द्र साहले कुलमानलाई उपसभापति बनाउने निर्णय गरेसँगै कुलमान रास्वपामा आफ्नो पार्टी उज्यालो नेपालसहित समाहित भएका हुन् ।

महासचिव पोखरेलले फेसबुकमा लेखेका छन् – ‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु कति उचित हो ?’।

प्रतिक्रिया